रोजगार अनुमति प्रणाली (Employment Permit System–EPS) दक्षिण कोरिया सरकारद्वारा लागू गरिएको एक वैदेशिक श्रमिक व्यवस्थापन प्रणाली हो, जसअन्तर्गत निश्चित मापदण्ड तथा प्रक्रिया पूरा गर्ने विदेशी श्रमिकलाई दक्षिण कोरियामा कानुनी रूपमा रोजगारी गर्न अनुमति प्रदान गरिन्छ। यस प्रणालीमार्फत दक्षिण कोरियाका साना तथा मझौला उद्योग/कम्पनीहरू मा आवश्यक श्रमशक्ति पूर्ति गर्न विदेशी श्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ।
EPS अन्तर्गत दक्षिण कोरियाका सम्बन्धित रोजगारदाताले तोकिएको प्रक्रिया तथा कानुनी प्रावधानअनुसार विदेशी श्रमिकलाई वैधानिक रूपमा रोजगारीका लागि भित्र्याउन सक्ने व्यवस्था रहन्छ। साथै, सम्बन्धित सरकारी निकायबाट श्रमिकलाई निश्चित अवधिसम्म दक्षिण कोरियामा रही काम गर्न अनुमति प्रदान गरिने भएकाले यसलाई “रोजगार अनुमति प्रणाली” भनिन्छ, जसलाई संक्षेपमा EPS भनिन्छ। यो प्रणाली सन् २००४ देखि कार्यान्वयनमा आएको हो।
यो प्रणाली निर्माण दक्षिण कोरियाको Act on the Employment of Foreign Workers (EPS Act) अनुसार बनाईएको हो | यस ऐनको धारा २२ (Article 22) ले श्रमिकहरूको अधिकार तथा दायित्वसम्बन्धी व्यवस्था निर्धारण गरेको छ। साथै, Labour Standards Act को धारा ५ (Article 5) ले श्रमिक संरक्षण तथा कोरियाली श्रम कानुनअनुसार काम गर्ने व्यवस्था सुनिश्चित गर्दछ।
Toddle Multipurpose Company
Recent Blogs
How Much GPA is Required to Study in Korea from Nepal for D-2 Visa?
Feb 14, 2026
Study in Korea from Nepal Consultancy: Why It Matters & How TODDLE Supports You
Feb 14, 2026
How Much GPA is Required to Study in Korea from Nepal? (UG & PG Benchmarks)
Feb 14, 2026